करणी अभियोगमा साढे सात वर्ष कैद
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको हो।
तनहुँ, चैत २३ : तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी अभियोगमा एक अभियुक्तलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको हो।
साथै निजलाई रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार पौडेलले जानकारी दिए।
पौडेलका अनुसार निजलाई तीन महिना कैद र रु ३० हजार जरिवानाको फैसला थप भएको छ।
त्यस्तै पीडितलाई रु ५० हजार क्षतिपूर्ति र राहत कोषमा रु ११ हजार दुई सय भराउने फैसला भएको छ। युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभियुक्तविरुद्ध विसं २०७८ फागुन २० गते अदालतमा मुद्दा दर्ता भएको थियो।
प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
