Kathmandu Press

नेपाल ६० रनमै अलआउट, हम्फ्रेसले लिए ६ विकेट

कीर्तिपुरस्थित टियू मैदानमा १७५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ए आयरल्यान्ड्स वुल्भ्सविरुद्ध ६० रनमै अलआउट भयो।
नेपाल ६० रनमै अलआउट, हम्फ्रेसले लिए ६ विकेट

काठमाडौं, चैत २३ : निकै खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल ए दोस्रो एकसिदवसीयमा पनि पराजित भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा १७५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ए आयरल्यान्ड्स वुल्भ्सविरुद्ध ६० रनमै अलआउट भयो।

आयरल्यान्ड्स वुल्भ्सलाई ११४ रनको जित दिलाउने क्रममा स्पिनर म्याथ्यु हम्फ्रेसले घातक बलिङ गरे। उनले ४.५ ओभरमा ८ रन मात्र खर्चेर ६ विकेट लिए। यो जितसँगै आयरल्यान्ड्सले ३ खेलको एकदिवसीय सिरिज पनि जितेको छ।

Hardik ivf

नेपालका ए का लागि भीम सार्की र कप्तान विनोद भण्डारीले मात्र दोहोरो अंकमा स्कोर बनाउने सके। भीमले १७ र विनोदले १६ रन बनाए। नेपालका ५ ब्याट्सम्यान डकआउट भएका थिए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा हम्फ्रेसका अलावा फिओन हान्ड र थोमस मेयर्सले समान २ विकेट लिएका छन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले ३८.४ ओभरमा अलआउट हुँदै  १७४ रन बनाएको थियो। पुछारतिरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछि उसले सम्मानजनक स्कोर बनाएको थियो।

उसका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए। लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए। पिटर मुर १७ रनमा आउट भए।

आयरल्याविरूद्ध रिजन ढकाल र शाहव आलमले समान ३ विकेट लिए भन् मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए।

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्