Kathmandu Press

गायक ढकालले दिए कोरोनाबाट बच्ने सन्देश

काठमाडौं, चैत १० : गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको संक्रमणबाट जोगिन भिडियो सन्देश जारी गरेका छन्। भिडियो शेयर गर्दै उनले....

गायक ढकालले दिए कोरोनाबाट बच्ने सन्देश

काठमाडौं, चैत १० : गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको संक्रमणबाट जोगिन भिडियो सन्देश जारी गरेका छन्। भिडियो शेयर गर्दै उनले 

‘सानो लापारवाहीले ठूलो रोग सर्न सक्छ, 
फूल जस्तो हाम्रो जीवन ओइलिएर झर्न सक्छ’
कोरोना भाइरसबाट सुरक्षित रहौं
आफु बाँचैं र अरुलाई पनि बचाउँ

भन्ने सन्देश लेखेका छन्।

आफु सेल्फ क्वारेनटाइनमा बसेको बताउँदै उनले सरकारले संभावित घटनाबाट बच्न लगाएको नियम स्वागतयोग्य र प्रशंसनीय रहेकाे बताएका छन्।

‘यो नियम हाम्रै लागि हो। यस्तो अवस्थामा अनावश्यक ठाउँमा हिँडडुल नगरौं, जानै पर्ने ठाउँमा आफु सुरक्षित माक्स, पञ्जा लगाएर मात्र जानु होला’ उनले भने।

 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्