Kathmandu Press

आयरल्याण्ड ‘ए’विरूद्ध जितका लागि नेपाल 'ए'लाई १७५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड 'ए'ले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।
आयरल्याण्ड ‘ए’विरूद्ध जितका लागि नेपाल 'ए'लाई १७५ रनको लक्ष्य

काठमाडौं, चैत २३ : आयरल्यान्ड 'ए'ले दोस्रो एकदिवसीय खेलमा नेपाल 'ए'लाई १७५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड 'ए'ले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।

Hardik ivf

आयरल्याविरूद्ध रिजन ढकाल र शाहव आलमले तीन/तीन विकेट लिए। मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए। लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए। पिटर मुर १७ रनमा आउट भए।

सिरिज जोगाइराख्न  नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। १५७ रनको लक्ष्य पाएको पहिलो खेलमा नेपाल २१ रनले पराजित हुन पुगेको थियो। 

प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्