एसएमएस फ्रेन्डसिप टी–२० मा नेपालले आज बरोडासँग खेल्दै
खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ । आज तीनै खेलजितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुँदैछ ।
काठमाडौं, चैत २३ : नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ ।
आज तीनै खेलजितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुँदैछ ।
नेपालले पहिलो खेलगुजरातसँग खेलेको थियो । गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपाललेदोस्रो खेलमाबरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो ।
गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ । त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन । डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ।
प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












