गुजरात विरुद्ध पञ्जाबको रोमाञ्चक जित
गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। पञ्जाबको जितमा शशांक सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको विष्फोटक इनिङ खेले। यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए।
काठमाडौं, चैत २३ : पञ्जाब किंग्सले इ्ण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाइटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ। पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो।
गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। पञ्जाबको जितमा शशांक सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको विष्फोटक इनिङ खेले। यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए।
आशुतोष शर्माले १७ बलमा ३१ रनको योगदान गरे भने जोनी बेयर्सटोले २२ रन बनाए। गुजरातका लागि नुर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १, १ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो। गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ चौका सहित ८९ रनको अविजित इनिङ खेले।
यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए। पञ्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १, १ विकेट लिए।
जितपछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ। गुजरात पनि ४ खेलमा समान २ जित सहित एक स्थान तल रहेको छ।

-1790252522.jpg)