Kathmandu Press

आईपीएलमा कोलकत्ताले दिल्लीलाई एक सय ६  रनको फराकिलो अन्तरले हरायो

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए ।
आईपीएलमा कोलकत्ताले दिल्लीलाई एक सय ६  रनको फराकिलो अन्तरले हरायो

काठमाडौं, चैत २२ : इन्डियन प्रिमियर लिग आईपीएल  क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई एकसय ६  रनको फराकिलो अन्तरले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए । अनकृष रघुवंशीले ५४ , आन्द्रे रसेलले ४१ र  रिङ्कु सिंहले २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ३ विकेट लिए । ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिए ।

Hardik ivf

१ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर २ बलमा सवै विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रन बनाए । कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए ।

जितसँगै कोलकत्ता ३ खेलमा शत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।

आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । 

प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्