Kathmandu Press

मध्यक्रम कोल्याप्स भएपछि आयरल्यान्ड्स वुल्भ्ससँग नेपाल ए पराजित

१५८ रनको सामान्य लक्ष्य पछ्याउँदा माथिल्लो र मध्यक्रम कोल्याप्स भएपछि नेपाल ए २१ रनले पराजित भयो।
मध्यक्रम कोल्याप्स भएपछि आयरल्यान्ड्स वुल्भ्ससँग नेपाल ए पराजित

काठमाडाैं, चैत २१ : आयरल्यान्ड्स वुल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको छ। १५८ रनको सामान्य लक्ष्य पछ्याउँदा माथिल्लो र मध्यक्रम कोल्याप्स भएपछि नेपाल ए २१ रनले पराजित भयो।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै अलआउट भयो। देव खनालले २२ बलमा २६ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, अर्को इन्डबाट लागतार विकेट गएपछि नेपाल दबाबमा परेको थियो।

७८–७को दयनीय अवस्थामा रहेको नेपालका लागि साहब आलम र बासिर अहमदले केही साझेदारी गर्दै इनिङ उकासे। बासिर २१ बलमा २० रन बनाए। आउट भए।

Hardik ivf

त्यसपछि शाहबले रिजन ढकालसँग केही साझेदारी गर्दैको आशा जगाएका थिए। तर, उनी आउट भएपछि नेपाल पराजित भयो। साहबले ३४ बलमा ४ चौक र १ छक्का मद्दतमा ३७ रन बनाए भने रिजनले ३५ बलमा १२ रन बनाए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा म्याथ्यु हम्फेसले १० ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए भने लिअम म्याकार्थीले ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्स ३८.३ ओभरमा १५७ रनमा अलआउट भयो।

एकसमय १२६–३को राम्रो अवस्थामा रहेको आयरल्यान्ड्स वुल्भ्सले त्यसपछिका ७ विकेट केवल ३१ रन बनाउँदा गुमायो। उसका लागि क्याड कारमाइकलले अर्धशतक बनाए। उनले ७७ बलमा ४ चौका मद्दतमा ५१ रन बनाए।

यस्तै, कप्तान निल रकले ३२ बलमा २ चौका र ३ छक्का मद्दतमा ३९ रन बनाउँदा पिटर मोरले २१ तथा जेम्स म्याकुलल र स्टेफन डोहनीले समान १२ रन बनाए।

आयरल्यान्ड्स वुल्भ्सको इनिश धरासायी बनाउने क्रम कलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए। उनेल ६.३ ओभरमा २१ रन मात्र खर्चिए। यस्तै, मौसम ढलका र साहब आलमले पनि सामान २ विकेट लिए। रिजन ढकालको नाममा पनि १ विकेट रह्यो।

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्