Kathmandu Press

आयरल्यान्ड्स वुल्भ्सविरुद्ध सय रन नबनाउँदै नेपालले गुमायो ७ विकेट

माथिल्लो र मध्यक्रम चल्न नसकेपछि नेपाली टिम हारतर्फ अग्रसर भएको हो। ताज अवस्थामा नेपाल १५ ओभरको समाप्तिमा ९१–७को दयनीय अवस्थामा छ।
आयरल्यान्ड्स वुल्भ्सविरुद्ध सय रन नबनाउँदै नेपालले गुमायो ७ विकेट

काठमडाैं, चैत २१ : आयरल्यान्ड्स वुल्भ्सविरुद्ध १५८ रनको सामान्य लक्ष्य लक्ष्य पछ्याएको नेपालल एले खराब ब्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपाल ए ले बोर्डमा सय रन पनि नबनाउँदै ७ विकेट गुमाएको छ।

माथिल्लो र मध्यक्रम चल्न नसकेपछि नेपाली टिम हारतर्फ अग्रसर भएको हो। ताज अवस्थामा नेपाल १५ ओभरको समाप्तिमा ९१–७को दयनीय अवस्थामा छ।

Hardik ivf

नेपालका लागि ओपनिङमा आएका देव खनालले सर्वाधिक २७ र क्रिजमा रहेका बासिर अहमदले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। अहिले बासिरलाई ८ रन बनाएर साहब आलमले साथ दिइरेका छन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा लिअम म्याकार्थीले ५ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए भने म्याथ्यु हम्फ्रेसले ५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका छन्।

त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले १५७ रन मात्र बनाएको थियो। नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएका थिए।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्