Kathmandu Press

आयरल्यान्ड्सविरुद्ध कमलले लिए ह्याट्रिक, नेपाललाई १५८ रनको सामान्य लक्ष्य

कमलले ह्याट्रिक लिएपछि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले नेपाललाई १५८ रनको सामान्य लक्ष्य दिएको छ।
आयरल्यान्ड्सविरुद्ध कमलले लिए ह्याट्रिक, नेपाललाई १५८ रनको सामान्य लक्ष्य

काठमाडाैं, चैत २१ : आजबाट सुरु भएको आयरल्यान्ड्स वुल्भ्सविरुद्धको एकदिवसीय सिरिजका नेपाली बलर कमलसिंह ऐरीले ह्याट्रिक लिएका छन्। कमलले ३९औं ओभरको सुरुआती तीन बलमा विकेट लिँदै ह्याट्रिक लिएका हुन्।

कमलले ह्याट्रिक लिएपछि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले नेपाललाई १५८ रनको सामान्य लक्ष्य दिएको छ। उ ३८.३ ओभरमा १५७ रनमा अलआउट भयो।

Hardik ivf

एकसमय १२६–३को राम्रो अवस्थामा रहेको आयरल्यान्ड्स वुल्भ्सले त्यसपछिका ७ विकेट केवल ३१ रन बनाउँदा गुमायो। उसका लागि क्याड कारमाइकलले अर्धशतक बनाए। उनले ७७ बलमा ४ चौका मद्दतमा ५१ रन बनाए।

यस्तै, कप्तान निल रकले ३२ बलमा २ चौका र ३ छक्का मद्दतमा ३९ रन बनाउँदा पिटर मोरले २१ तथा जेम्स म्याकुलल र स्टेफन डोहनीले समान १२ रन बनाए।

आयरल्यान्ड्स वुल्भ्सको इनिश धरासायी बनाउने क्रम कलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए। उलने ६.३ ओभरमा २१ रन मात्र खर्चिए। यस्तै, मौसम ढलका र साहब आलमले पनि सामान २ विकेट लिए। रिजन ढकालको नाममा पनि १ विकेट रह्यो।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्