Kathmandu Press

भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

मंगबार भएको खेलमा बलिङमा करण केसी र सोमपाल कार्मी चम्किएपछि नेपालले बरोडालाई २७ रनले हरायो।
भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

काठमाडाैं, चैन २० : आसन्न एसिसी प्रिमियर कप र टि–२० विश्वकपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ। मंगबार भएको खेलमा बलिङमा करण केसी र सोमपाल कार्मी चम्किएपछि नेपालले बरोडालाई २७ रनले हरायो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५७ रनको मध्यम लक्ष्य पछ्याएको बरोडा इनिङको अन्तिम बलमा १२९ रनमै अलआउट भयो। उसका लागि भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए। यस्तै, अन्त्यतिर बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए।

Hardik ivf

यस्तै, कप्तान विष्णु सोलंकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए। पानिया र सोलंकीले २२–५को अवस्थाबाट ५३ रनको साझेदारी गर्दै टिमको आशा जिवितै राखेका थिए। तर, सोलंकी आउट भएपछि लगातार विकेट जाँदा बरोडा पराजित भयो।

बलिङमा नेपालका करण केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहराले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो। नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।

यस्तै, सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाउँदा अनिलकुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ र कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रन बनाए।

८२–५ को दबाबदपूर्ण अवस्थाबाट सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ लगेका थिए।

बरोडाका लागि बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्