Kathmandu Press

कोरोनाविरुद्धको कोषमा वसन्त चौधरीको एक करोड

काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बनाएको कोषमा वसन्त चौधरीले एक करोड सहयोग गर्ने भएका छन्।

उनले आज बिहान सामाज....

कोरोनाविरुद्धको कोषमा वसन्त चौधरीको एक करोड

काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बनाएको कोषमा वसन्त चौधरीले एक करोड सहयोग गर्ने भएका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको ट्वीटमा कमेन्ट गर्दै एक करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन्।

उनले नर्भिक अस्पतालबाट र वसन्त चौधरी फाउन्डेसनबाट सो सहयोग जनाएका छन्। जसमा ५० लाख नगद र ५० लाख बराबरका मेडिकल सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। उनी नर्भिक अस्पतालका अध्यक्ष हुन्।

 

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो। जसमा सरकारले ५० करोड राख्नेछ। अन्य संघ संस्थालाई पनि सहयोगका लागि आह्वान गरेको थियो।

संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पनि कदम चालेको छ। भारत र चीनसँगका नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।

त्यस्तै, लामो दूरीका यातायात साधन चलाउन रोक लगाएको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन जारी गरेको छ।

प्रकाशित मिति: १०:२६ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्