Kathmandu Press

आरिफ सेखको उत्कृष्ट ब्याटिङ, नेपाल एले दियो आयरल्यान्ड्स वुल्भ्सलाई २१४ रनको लक्ष्य

टस हाररेर पहिला ब्याटिङ गरेको नेपालले एले निर्धातिर ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनायो। योसँगै सिरिजका तीनै खेलमा पहिला ब्याटिङ गर्ने टिमले २ सय रन कटाएका छन्।
आरिफ सेखको उत्कृष्ट ब्याटिङ, नेपाल एले दियो आयरल्यान्ड्स वुल्भ्सलाई २१४ रनको लक्ष्य

काठमाडाैं, चैत १९ : आरिफ सेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि टि–२० सिरिजको अन्तिम खेलमा नेपाल एले आयरल्यान्ड्स वुल्भ्सलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।

टस हाररेर पहिला ब्याटिङ गरेको नेपालले एले निर्धातिर ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनायो। योसँगै सिरिजका तीनै खेलमा पहिला ब्याटिङ गर्ने टिमले २ सय रन कटाएका छन्। यअसघि आयरल्यान्ड्स वुल्भ्सले पहिलो खेलमा २२१ र दोस्रो खेलमा २२४ रन बनाएको थियो।

Hardik ivf

नेपाल एलाई विशाल योगफल तर्फ लैजाने क्रममा आरिफले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९३ रन बनाए। आरिफको यो टि–२० क्रिकेटको सर्वाधिक स्कोर हो।

आसिफलाई बासिर अहमदले मिडल अर्डरमा र रसिद खान तथा कमलसिंह ऐरीले लोअर अर्डरमा उत्कृष्ट साथ दिए। रसिदले १३ बलमा २४ र कमलले ७ बलमा १९ रन बनाए। नेपालले अन्तिम ३ ओभरमा ६५ रन बनाएको थियो।

यस्तै, बासिर अहमदले १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

बलिङमा आयरल्यान्ड्स वुल्भ्सका लागि फिओन हान्डले २ तथा लिअम म्याकार्थी, म्याथ्यु फोस्टर, गेराथ डेलनी र गाविन होइले समान १ विकेट लिए।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्