Kathmandu Press

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल एको उत्कृष्ट सुरुआत, पावर प्लेमै बनायो ८७ रन

विशाल लक्ष्य पछ्याउँदा उत्कृष्ट सुरुआत गरेको नेपालले पावर प्लेमा १ विकेट गुमाउँदै ८७ रन बनाएको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल एको उत्कृष्ट सुरुआत, पावर प्लेमै बनायो ८७ रन
Hardik ivf

काठमाडाैं, चैत १७ : टि–२० सिरिजको दोस्रो खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल एले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ। विशाल लक्ष्य पछ्याउँदा उत्कृष्ट सुरुआत गरेको नेपालले पावर प्लेमा १ विकेट गुमाउँदै ८७ रन बनाएको छ।

नेपालका लागि अघिल्लो खेलमा शतक बनाएका लोकेश बमले १३ बलमा ३ चौका र २ छक्का मद्दतमा २५ रन बनाए। यस्तै, देव खनालले १५ बलमा ५ चौका प्रहार गर्दै ३० रन बनाउँदा विनोद भण्डारीले ९ बलमा २५ रन बनाएका छन्।

त्यसअघि आयरल्यान्डले निल रक र पिटर मोरको आकर्षक अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्