Kathmandu Press

नेपाल एलाई २२५ रनको विशाल लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै आयरल्यान्ड वुल्भ्सले ६ विकेटको क्षतिमा २२४ रन बनाउँदै नेपाललाई लगातार दोस्रो खेलमा विशाल लक्ष्य दिएको हो।
नेपाल एलाई २२५ रनको विशाल लक्ष्य

काठमाडाैं, चैत १७ : टि–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल एले २२५ रनको विशाल लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै आयरल्यान्ड वुल्भ्सले ६ विकेटको क्षतिमा २२४ रन बनाउँदै नेपाललाई लगातार दोस्रो खेलमा विशाल लक्ष्य दिएको हो।

यो आयरल्यान्ड एको अहिलेसम्मकै सर्वाधिक ठूलो स्कोर हो। उसका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाए। उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे। निल रकले सातौं विकेटका लागि फियोन हान्डसँग ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै, पिटर मूरले पनि अर्धशतक बनाए। उनले २६ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए। यस्तै जेम्स म्याकुलमले १३ बलमा २६ र रोस अदिरले १७ रन बनाए।

बलिङमा नेपालका सागर ढलकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने पवन सर्राफ र कमलसिंह ऐरीले समान १ विकेट लिए।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्