Kathmandu Press

कोरोना संक्रमित गायिका कनिका कपूर अस्पतालको टाउको दुखाइ

काठमाडौं, चैत ९ : बलिउड गायिका कनिका कपूरको कारण लखनउमा कोरनाभाइरस फैलने डर बढेको छ। उनले गर्दा लखनउ मात्र नभई उत्तरप्रदेश राज्यमा नै त्रास फैलिएको छ।....

कोरोना संक्रमित गायिका कनिका कपूर अस्पतालको टाउको दुखाइ

काठमाडौं, चैत ९ : बलिउड गायिका कनिका कपूरको कारण लखनउमा कोरनाभाइरस फैलने डर बढेको छ। उनले गर्दा लखनउ मात्र नभई उत्तरप्रदेश राज्यमा नै त्रास फैलिएको छ। 

कारोना भाइरसको संक्रमण देखिएपछि उनलाई शुक्रबारदेखि लखनउको गांधी पीजीआई अस्पतालमा भर्ना गरेर उपचार गरिँदै छ । 

Hardik ivf

‘कनिकालाई अस्पतालमा उपलब्ध र सम्भव भएजति सबै सुविधा दिइएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर उनी एक बिरामी नभएर सेलिब्रेटीको जस्तो व्यवहार देखाइरहेकी छन्।’ अस्पतालले यस्तो बेला सहयोगको जरुरी रहेको उल्लेख गरेको छ। 

पीजीआईका निर्देशक आरके धीमानका अनुसार उनलाई एअरकन्डीशन भएको कोठामा राखिएको छ। कोठमा जोडिएको शौचालय छ, समय समयमा सरसफाई भइरहेको छ, कोठमा टेलिभिजन जोडिएको छ।

उनी भन्छन्, ‘पहिला उनले घरको खाना खाने बताइन, उनको उपचारको समयमा यो सम्भवको थिएन। उनको माग अनुसार उनलाई अलग भान्छामा बनाएर प्रोटिनयुक्त खाना दिइरहेका छौं ।’

उनलाई आगामी दिनमा पनि यही सुविधा जारी रहने धीमानले बताएका छन् । अस्पतालले उपचार अवधिभरि कनिका सेलिब्रेटी नभएर बिरामी मात्र भएको प्रष्ट्याएको छ । 

कनिकाले एक न्यूज वेवसाइटसँग कुरा गर्ने क्रममा अस्पतालले उनलाई अपराधीको जसतो व्यवहार गरेको आरोप लगाएकी थिइन्। उनले आफु बस्ने कोठामा फोहोरको गन्ध र लामखुट्टे भएको बताएकी थिइन।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्