Kathmandu Press

आयरल्यान्ड वुल्भ्सको उत्कृष्ट पुनरागमन जित, लोकेश बमको उत्कृष्ट शतकका बाबजुद नेपाल ए पराजित

एक समय जित नजिक पुगेको नेपाल पछिल्ला ७ विकेट लगातार गुमाएपछि पराजित भयो। एक समय नेपाललाई १८८–३को बलियो अवस्थामा थिए। त्यसपछि १६ बलमा ७ विकेट लिँदै आयरल्यान्ड वुल्भ्सले जित निकाल्यो।
आयरल्यान्ड वुल्भ्सको उत्कृष्ट पुनरागमन जित, लोकेश बमको उत्कृष्ट शतकका बाबजुद नेपाल ए पराजित
Hardik ivfHardik ivf

काठमाडाैं, चैत १६ : युवा ओपनर लोकेश बलले उत्कृष्ट शतक प्रहार गरेपनि नेपाल ए टि–२० सिरिजको पहिलो खेलमा पराजित भएको छ। कीर्तिपुरस्थित टियू मैदानमामा भएको खेलमा नेपाल ए आयरल्यान्ड वुल्भ्सविरुद्ध २१ रनले पराजित भयो।

एक समय जित नजिक पुगेको नेपाल पछिल्ला ७ विकेट लगातार गुमाएपछि पराजित भयो। एक समय नेपाललाई १८८–३को बलियो अवस्थामा थिए। त्यसपछि १६ बलमा ७ विकेट लिँदै आयरल्यान्ड वुल्भ्सले जित निकाल्यो।

नेपालका लािग लोकेश बलम १०६ रन बनाए। उनले ५६ बलमा ९ चौका र ८ छक्का बनाए। लोकेशले चौथो विकेटका लागि आरिफ सेखसँग १२१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। तर, आरिफ २६ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रनमा आउट भएपछि नेपालको पतन सुरु भएको थियो।

यी दुई बाहेक कप्तान विनोद भण्डारीले १२ बलमा १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपालका ४ ब्याट्सम्यान शुन्यमा आउट भए।

आयरल्यान्डलाई जित दिलाउने क्रममा फियोन हान्ड र ग्यारेथ डेलनीले समान ३ विकेट लिए। यस्तै, म्याथ्यु फोस्टरले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २२२ रन बनायो। यो आयरल्यान्ड वुल्भ्सले टि–२०मा बनाएको सर्वाधिक स्कोर हो।

उसका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, क्याड कारमाइकलले २९ बलमा ३८ रन बनाउँदा नेइल रकले २३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दैै ३८ रन बनाउँदा स्टेफल डोनी १६ बलमा ४ चौका र २ छक्का मद्दछमा ३४ रन बनाए।

अन्तिम ३ बलमा लागतार छक्का प्रहार गरेका ग्यारेथ डेलनीले १४ बलमा ३० रन बनाए भने डाविन होइले ६ बलमा १८ रन बनाए।

नेपालका एका लागि लामो सयमपछि कमब्याक गरेका कमलसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ रन खर्चिए। यस्तै, सागर ढकाल र आरिफ सेखले पनि समान १ विकेट लिए।

तीन खेलकाे सिरिजकाे दाेस्राे खेल भाेलि कीर्तिपुरमै हुनेछ।

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्