आयरल्यान्ड वुल्भ्सविरुद्ध लोकेशले बनाए अर्धशतक
कीर्तिपुरस्थित टियू मैदानमा २२३ रनको विशाल लक्ष्य पछ्याको नेपालका एका लागि ओपनर लोकेशले ३७ बलमा अर्धशतक बनाएका हुन्।
काठमाडाैं, चैत १६ : आयरल्यान्ड वुल्भ्सविरुद्धको टि–२० सिरिजको पहिलो लागि लोकेश बमले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा २२३ रनको विशाल लक्ष्य पछ्याको नेपालका एका लागि ओपनर लोकेशले ३७ बलमा अर्धशतक बनाएका हुन्।
दबाबमा रहेको नेपालका लागि अर्धशत बनाउने क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरेका छन्। अर्धशत बनाए लगत्रै लोकोशले गविन होइको बलमा लगातार २ छक्का प्रहार गरेका थिए।
लोकेशको अर्धशतकमा ताजा अवस्थामा नेपाल १२ ओभरको समाप्तिमा ११७–३को अवस्थामा छ। लोकेशलाई आसिफ सेखले ११ बलमा २० रन बनाएर साथ दिइरहेका छन्। उलने १ चौका र २ छक्का प्रहार गरेका छन्।
त्यसअघि कप्तान विनोद भण्डारी १६, देव खनाल शुन्य र अर्जुन घर्ती ३ रन बनाएर खाउट भएका थिए।
प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












