Kathmandu Press

आयरल्यान्ड 'ए'विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल 'ए'

वर्षाका कारण बिहीबार पहिलो खेल रद्द भएपछि क्यानले तालिका परिवर्तन गरी आजका लागि खेल तय गरेको हो।
आयरल्यान्ड 'ए'विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल 'ए'

काठमाडौं, चैत १६ : नेपाल 'ए'ले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड 'ए'विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

वर्षाका कारण बिहीबार पहिलो खेल रद्द भएपछि क्यानले तालिका परिवर्तन गरी आजका लागि खेल तय गरेको हो।

नेपाल 'ए' र आयरल्यान्ड 'ए'बीच तीन टी-२० खेल आज (शुक्रबार), भाेलि (शनिबार) र निपर्सी (सोमबार) हुनेछ। त्यस्तै तीन एकदिवसीय खेल चैत २१, चैत २३ र चैत २५ हुनेछ। 

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन्।

आयरल्यान्डको प्लेइङ ११ मा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस र लियाम म्याककार्थी छन्।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्