Kathmandu Press

सन्दीपको मुद्दाकाे पहिलो सुनुवाइ चैत २३ मा

एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो। तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुनेछ ।
सन्दीपको मुद्दाकाे पहिलो सुनुवाइ चैत २३ मा
Hardik ivfHardik ivf

काठमाडौं, चैत १५ : उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ।

बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए। तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दए।

एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो। तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुनेछ ।

त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ। उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन्।

सरकारी पक्ष पनि उनी नावालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएको छ।

 

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्