Kathmandu Press

खेलाडीहरूको पुरस्कार राशि उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउनेछु : मन्त्री श्रेष्ठ 

उनले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्तताका कारण खेलाडीहरुलाई पुरस्कारबापतको रकम उपलब्ध गराउन असहज भएको स्पष्ट पारे। 
खेलाडीहरूको पुरस्कार राशि उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउनेछु : मन्त्री श्रेष्ठ 
Hardik ivfHardik ivf

काठमाडौं, चैत १५ : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूको पुरस्कार राशि उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्तताका कारण खेलाडीहरुलाई पुरस्कारबापतको रकम उपलब्ध गराउन असहज भएको स्पष्ट पारे। 

आगामी टी-२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक शृंखला खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीलाई शुभकामनासहित आज बिदाइ गर्न क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले त्यस्ताे बताएका हुन्। उक्त त्रिकोणात्मक शृंखला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदैछ।

‘सबैलाई शुभकामना दिन्छु र पुरस्कार राशिका कुराहरु छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ। हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो,' उनले यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भईरहेको कुराहरु हो।’  उनले खेलको परम्परागतशैलीलाई नीतिगत रुपमै सुधारका लागि पनि प्रयासरत रहेको बताए। 

क्यानका महासचिव पारस खड्काले पनि नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण रहेकाे बताए। उनले खेलाडीहरुलाई राम्रो प्रर्दशनका लागि आग्रह पनि गरे। 

‘नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण छ। इन्डियाको रणजी लेबलको टिमहरुसँग खेल्ने हामीले अवसर पाएका छौं,' उनले भने, 'विश्वकप जुनमा हुने भएको हुनाले यो दुई तीन महिना नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण छ। खेलाडीहरुलाई प्रेसर पनि छ किनभने देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुन्छ तर, त्यो मौका अहिलेका १५ जना छानिएका खेलाडीले पाएको छ। त्यसकारण यसको तयारी एकदमै राम्रो गर्नु हुन आग्रह गर्न चाहन्छु।’ 

क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेल क्रिकेटको खेलको लागि टिम एकदमै तयार रहेको भन्दै आफ्नो तर्फबाट तयारी पूरा भएको बताए। उनले भने, ‘क्रिकेटको तयारीको कुरा गर्दा हामी एकदमै तयार छौ। हाम्रो या सिरिज पनि हाम्रो लागि एकदमै ठूलो तयारी हो। हामीले यो अवसरलाई महत्व दिएर खेल्ने छौ।’ तर उनले खेलाडीहरुलाई सरकारले तोकेको पुरस्कार रकम नदिएकोप्रति गुनासो गरे।

विश्वकपमा जानु हाम्रो लागि सबैभन्दा ठूलो प्रगती भएको कोच मन्टि देसाईको भनाइ छ। उनले गुजरातमा हुने खेलको लागि निकै उत्साहित भएको भन्दै राष्ट्रलाई गर्व महशुस गराउने हिसाबमा खेल्न पनि सबै खेलाडीहरुलाई आग्रह गरेका छन्। 
यो श्रृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ। अप्रिल १ मा गुजरात र बरोडाबीच खेल हुनेछ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ। अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ। अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ। अप्रिल ५ मा नेपाल र बरोडाबीच लिग चरणको अन्तिम खेल हुनेछ। त्यसपछि अप्रिल ७ तारिखमा श्रृंखलाको फाइनल खेल खेलिने छ।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्