Kathmandu Press

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ ।
नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि
Hardik ivfHardik ivf

काठमाडौं, चैत १५ : नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ ।

नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् । नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

नेपाल ए  र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आईतवार हुनेछ ।

यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड उल्भबीचको खेल नेपालले २–० ले जितेको थियो । 

प्रकाशित मिति: ०८:५५ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्