Kathmandu Press

दोस्रो खेलमा पनि नेपालसँग आयरल्यान्ड ‘ए’ पराजित

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो।
दोस्रो खेलमा पनि नेपालसँग आयरल्यान्ड ‘ए’ पराजित

काठमाडौं, चैत १३ : दोस्रो टी २० अभ्यास खेलमा पनि नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा २६ रन बनाए। त्यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे। रस आदिरले १७, मोर्गन टिप्लिङले २१, केडले १८ र ग्यारेथ डेलानीले १५ रनकाे याेगदान गरे।

नेपालका सोमपाल कामी र कुशल मल्लले ३/३ विकेट लिए। त्यसैगरी करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनायो।

नेपालका लागि गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४६ रन जोडे। ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख ११ रनमा आउट भए। कुशलले १६ बलमा २ चौका र २ छक्का हाने। आसिफले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे। अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रनको योगदान गरे। 

कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौकासहित ३३ रन बनाउँदा कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन जोडे। सन्दीप जोराले १० बलमा २१ रन र विवेक यादवले नटआउट ७ रन बनाए।

आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। बेन ह्वाइटले पनि २ विकेट हात पारे। फिन ह्यान्ड र गेभिन होईले एकरएक विकेट लिए।

सोमबारको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, चैत १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्