अर्जेन्टिनी स्टार डिबाला र उनकी प्रेमिकालाई कोरोनाको संक्रमण
काठमाडौं, चैत्र ९ : इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
२६ वर्षीय डिबाला र उनकी प्र....

काठमाडौं, चैत्र ९ : इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
२६ वर्षीय डिबाला र उनकी प्रेमिका ओरिआना साबाटीनीमा संक्रमण भेटिएको युभेन्टस क्लबले जनाएकोे छ । ‘ओरिआना र म दुवै पोजेटिभ टेस्ट भएका छौँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवस हामी दुवै ठीक अवस्थामा छौँ ।’
क्लबका अनुसार दुबैजना सेल्फ आइसोलेसनमा छन् । ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल समेत हुन् ।
प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार