Kathmandu Press

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ।
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

काठमाडाैं, चैत १३ : छैटाैं संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ।

Hardik ivf

प्रतियोगितामा पुरुषतर्फ ५१ केजी, ५७ केजी, ६३ केजी, ७१ केजी, ८० केजी, ९२ केजी र ९२ केजी तौल स्पर्धामा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ५० केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६६ केजी र ७५ केजी गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

यस पटक १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगीताको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो। सो क्रममा नेता सिंहले नेपालको खेल क्षेत्रको बिकासका लागि राज्यको तत्परता देखाउनुपर्ने बताए।

प्रतियोगितामा तौल समूहमा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशका करिब १ सय ५० जना खेलाडीको सहभागीता रहेको छ। 

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्