कोरोनाका कारण रियल मड्रिडका पूर्वअध्यक्ष सान्जको मृत्यु
काठमाडौं, चैत्र ९ : स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्र....

काठमाडौं, चैत्र ९ : स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान गएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् ।
सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रकाशित मिति: ०८:२४ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











