नेपालले आयरल्यान्ड वल्भ्सलाई दियाे १९९ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनायो।काठमाडाैं, चैत १३ : दोस्रो टी २० खेलमा नेपालले आयरल्यान्ड वल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनायो।
नेपालका लागि गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४६ रन जोडे। ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख ११ रनमा आउट भए। कुशलले १६ बलमा २ चौका र २ छक्का हाने। आसिफले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे। अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रनको योगदान गरे।
कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौकासहित ३३ रन बनाउँदा कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन जोडे। सन्दीप जोराले १० बलमा २१ रन र विवेक यादवले नटआउट ७ रन बनाए।
आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। बेन ह्वाइटले पनि २ विकेट हात पारे। फिन ह्यान्ड र गेभिन होईले एकरएक विकेट लिए।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।