Kathmandu Press

आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

त्रिवि क्रिकेट मैदानमा दोस्रो टी २० अभ्यास खेलमा आज नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं, चैत १३ : नेपालले आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा दोस्रो टी २० अभ्यास खेलमा आज नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले आइतबार भएकाे पहिलो खेलमा आयरल्यान्ड 'ए'लाई ६ विकेटले हराएको थियो। नेपालले आयरल्यान्ड 'ए'विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित राजवंशीलाई बेन्चमा राखेको छ।

नेपाली टिमकाे प्लेइङ सेटमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा  छन्।

बेन्चमा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी र आकाश चन्द छन्।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, चैत १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्