Kathmandu Press

मेलवादेवीको ‘न घरलाइ घर कहिन्छ’बाट पुनः शुरु भयो पलेँटी

काठमाडौं, फागुण १२ : फागुण महिनाको दोस्रो शुक्रबार थियो । कोठा अलि अँध्यारो थियो । अगाडी सेतो पर्दा ओछ्याएको सानो स्टेजमा भने केही कृत्रिम रातो तथा से....

मेलवादेवीको ‘न घरलाइ घर कहिन्छ’बाट पुनः शुरु भयो पलेँटी
रिवाज राई

काठमाडौं, फागुण १२ : फागुण महिनाको दोस्रो शुक्रबार थियो । कोठा अलि अँध्यारो थियो । अगाडी सेतो पर्दा ओछ्याएको सानो स्टेजमा भने केही कृत्रिम रातो तथा सेतो रँगको बत्तिले उज्यालो दिइरहेको थियो । स्टेजमा पछिल्लो समयकी गायिका मीना निरौला, प्रस्तोता आभाष र उनीहरुलाई साथ दिन पलेँटीकै बाद्यवादक र अगाडी केही युवा र उमेर पुगेका आधुनिक संगीत प्रेमी दर्शकहरु थिए ।

नेपा–लयको आर शालामा यो सप्ताहान्तको साँझ ६ः१५ को वातावरण हो यो । आधुनिक नेपाली संगीतको सम्झना र सम्बद्र्धनमा समर्पित यो कार्यक्रम केही समय स्थगित थियो । तर, गतः शुक्रबारबाट संगीतमा नारी स्वरको सम्झनास्वरुप विषयगत प्रस्तुतिको धाँचामा यसको पुनः थालनी भएको छ ।

Hardik ivf

‘बिर्सिएका वा ओझेलमा परेका कलाकारलाई संगीतमा निरन्तर लागिरहन आग्रहका साथ पलेँटी सुरु गरेका थियौं,’ कार्यक्रमको सुरुवातमा आयोजक नेपा–लयका किरणकृष्ण श्रेष्ठले भनेका थिए, ‘यसपालादेखि त्यसैलाई विषयगत हिसाबले अघि बढाउने योजनाका साथ नारी स्वरको सम्मानबाट पुनः थालनी गरेका हौं ।’

तीन दिन निरन्तर हुने पलेँटी श्रृंखलाको आज अन्तिम दिन रहेको छ । संगीतका नारी नक्षत्रहरुको सम्झनास्वरुप शुरु भएको यो पहिलो श्रृंखलामा पुराना महिला सर्जकहरु मेलवादेवी, कोइलीदेवी, तारादेवी, अरुणा लामालगायत अरु पनि महिला संगीत सर्जकहरुको गीत गायिका मीना र प्रस्तोता आभाषले आधुनिक शैलीमा प्रस्तुत गरेका छन् ।

कार्यक्रमको सुरुवात मेलवादेवीकै ‘न घरलाई घर कहिन्छ’ बाट भएको थियो । गीत सुनाएपछि आभाषले नेपाली गायिकाहरुसँगको आफ्ना सम्झना सुनाउँदै कार्यक्रमलाई अघि बढाएका थिए ।

उनले गायिका कोइलीदेवीको प्रसंगबाट थालनी गरे, ‘रेडियो नेपालमा भेटिएकी कोइलीदेवी पनि मेलवादेवीजस्तै राणाकालको दरबारमै हुर्किएकी अर्की गायिका थिइन् ।’ यसैगरी, गीतसँगै ति सर्जकहरुको बारेमा केही कुराहरु पनि सुनाउने कार्य कार्यक्रमको अन्तिमसम्म निरन्तर चलिरहयो ।

नेपाली गीत गाउने चर्चित भारतीय गायिकाहरु लता मंगेशकर (आकाशमा तिरमिरे तारा) र उषा मंगेशकर (बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर)को सम्झना गर्दै मीनाले ति गीतहरु पनि गाएकी थिइन् ।

मीनाले माइती मणिपुरकै भाषामा आफैले गाएको त्यस भेगकै प्रसिद्ध गीत ‘नोखिधरा’ सुनाएपछि कार्यक्रमको अन्त्य भने फेरि मेलवादेवीकै कालजयी गीत ‘सवारी मेरो रेलैमा’ बाट गरिएको थियो ।

कार्यक्रममा उल्लेख गरिएकामध्ये गायिकाहरु सुनिता सुब्बा, कुन्ती मोक्तान र संगीता प्रधानको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित राजनीतिज्ञ एवं लेखक रघुजी पन्तले नारी स्वरलाई संगीत साधनामा अघि बढ्न नदिइरहेको बिचमा यसरी सम्झना गरेकोमा राम्रो लागेको बताए । सँगै उनले थपे, ‘व्यवस्थित प्रस्तुती र सुमधुर गीतहरुको मिठो समागम पाएँ ।’

सन् २००५ मा नेपा–लयले पलेँटी श्रृंखलाको थालनी गरेको थियो । यो बिचमा थुप्रै कलाकारले प्रस्तुति दिइसकेका छन् जसमध्ये कति आज पनि हामीसँगै छन् त कति हामी माझबाट टाढा भइसके ।

आयोजक नेपा–लयका अर्पन शर्माका अनुसार पहिले अंग्रेजी क्यालेन्डरअनुसार हप्ताको अन्तिम शुक्रबार मात्र आयोजना गर्दै आएको यो श्रृंखला अबदेखि महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार आयोजना हुनेछ । उनले अब मार्चमा हुने पलेँटीमा भने संगीतकार तथा गायक आभाषले आफनै गीतहरु गाउने बताए ।

सुन्नुहोस् मीना निरौलाको स्वरमा शान्ति ठटालले गाएको गीत 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, फागुन १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्