नेपालसँग आयरल्यान्ड ए ६ विकेटले पराजित
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे।काठमाडौं, चैत १२ : पहिलो टी-२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३८, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए। आयरल्यान्डका ग्यारेथ डेलानीले २ तथा थोसम मेयर र बेन ह्वाइटले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो। आयरल्यान्डका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए।
नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ तथा करण केसी र कुशल मल्लले १/१ विकेट लिएका थिए।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१