Kathmandu Press

आयरल्यान्डले नेपाललाई दियाे १२२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सोमबार टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो।
आयरल्यान्डले नेपाललाई दियाे १२२ रनको लक्ष्य

काठमाडौं, चैत १२ : आयरल्यान्ड ‘ए’ले पहिलो टी-२० अभ्यास खेलमा नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सोमबार टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो।

आयरल्यान्डका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ तथा करण केसी र कुशल मल्लले १/१ विकेट लिए।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, चैत १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्