Kathmandu Press

‘राजनीतिक नियुक्तिले खेलकुदमा धेरै ठाउँ बिग्रिएका छन्’

वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रममा शनिबार उनले राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अब निष्पक्ष नियुक्तिको सुरुवात हुने बताए। 
‘राजनीतिक नियुक्तिले खेलकुदमा धेरै ठाउँ बिग्रिएका छन्’

काठमाडौं, चैत १० : युवा तथा खेलकुद मन्त्री एवं रास्वपाका संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठले मन्त्रालयले खेल क्षेत्रमा सम्मानसहित निष्पक्ष नियुक्तिहरु गर्न लागेको बताएका छन्। 

वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रममा शनिबार उनले राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अब निष्पक्ष नियुक्तिको सुरुवात हुने बताए। 

Hardik ivf

उनले भने, ‘राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ। अब त्यो खाली हुन लागेको छ, खेलाडीहरु विदेश पलायन हुन नपर्ने गरेर, राज्यले सम्मान गरेर नियुक्ति गर्ने निष्पक्ष नियुक्तिहरु हुँदै छ हाम्रो मन्त्रालयबाट। खेलकुदमा राजनीति त यस्तो जरा जरामा घुसेको रहेछ की खेलकुद परिषद्मा राजनीतिक खेल परिषद् पनि हाल्नु पर्ने खालको पनि बेतिथि छ।’

यस्तै, उनले खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरुको सुरुवात भइसकेको भन्दै सोमबारबाट धेरै एक्सनहरु पनि देख्न पाउने बताए। 

उनले भने, ‘खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरु सुरु पनि गरिसकेका छौं। यो सोमबारबाट धेरै एक्सनहरु पनि तपाईहरुले हेर्न पाउनु हुनेछ। त्यो पनि गर्दै छौ। यसमा जस्तै, गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु छ, खेलकुद र स्काउटका पनि धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन्। मान्छेहरुले पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने र स्टेअर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन्।’ 

युवा तथा खेलकुद मन्त्रालय रास्वपाका तर्फबाट प्रतिबद्ध रहेको भन्दै खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउन सुरु भएको पनि उनको भनाइ छ।  उनले आफूले सम्हालिरहेको मन्त्रालय अब तल जाने स्थान नै नभएको भन्दै अब व्यक्तिवादी विकास होइन, विधि र नीतिगत विकासमा रास्वपा प्रतिबद्ध रहेको बताए।
 

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, चैत १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्