Kathmandu Press

भलिबल च्याम्पियनसिप : पुलिसलाई पराजित गर्दै एभरेस्टले जित्याे महिलातर्फकाे उपाधि

शनिबार भएको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै एभरेस्टले उपाधि जितेकाे हो। एभरेस्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हरायाे।
भलिबल च्याम्पियनसिप : पुलिसलाई पराजित गर्दै एभरेस्टले जित्याे महिलातर्फकाे उपाधि

काठमाडौं, चैत १० : तीन भारतीय खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फकाे उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै एभरेस्टले उपाधि जितेकाे हो। एभरेस्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हरायाे।

Hardik ivf

पहिलो सेटमा पुलिसले ४-१ को अग्रता लिए पनि एभरेस्टले उत्कृष्ट पुनरागमन गरेकाे थियो। दोस्रो सेटमा पुलिसले सुरुवातमा ४-१ को अग्रता लिएको थियो। एभरेस्टले पुनरागमन गरेको थियो। ५-५ बराबरीबाट एभरेस्टले लगातार ३ अंक जोडेकाे थियाे। पुलिसले १६ मा गएर बराबरी गरे पनि २२ बराबरबाट एभरेस्टले लगातार ३ अंक जोड्दै जित निकालेकाे थियो ।

तेस्रो सेटको सुरुवातमा एभरेस्टले ६-२ को अग्रता लिएको थियो। एभरेस्टले २५-१८ को सहज जित हात पारेको थियो। चौथो सेटमा एभरेस्टले १०-६ को राम्रो सुरुवात गरेको थियो। त्यसपछि एभरेस्टले सहज जित हात पार्‍यो।

शनिबार नै पुलिस गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो बनेको थियो। महिलातर्फ शुक्रबार न्यू डायमण्डलाई ३-१ ले हराउँदै एपीएफ तेस्रो भयो।

प्रकाशित मिति: १६:१० बजे, शनिबार, चैत १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्