Kathmandu Press

पाेल्यान्डमा बच्चालाई जन्म दिएपछि काेराेना संक्रमण भएर आमाको मृत्यु

पोल्यान्ड, चैत ८ : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासह....

पाेल्यान्डमा बच्चालाई जन्म दिएपछि काेराेना संक्रमण भएर आमाको मृत्यु

पोल्यान्ड, चैत ८ : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ। 

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ। उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी थिइन्। 

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्। 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, चैत ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्