Kathmandu Press

भलिबल च्याम्पियनसिप : महिलातर्फ एपिएफ तेस्रो

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यु डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो।
भलिबल च्याम्पियनसिप : महिलातर्फ एपिएफ तेस्रो

काठमाडाैं, चैत ९ : नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ।

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यु डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो।

Hardik ivf

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो।

दोस्रो सेट डायमण्डले २५–२३ ले जित्दै खेललाई बराबरीमा ल्याए। तेस्रो सेटमा एपिएफले २५–१४ र चौथो सेटमा २५–२१ को जित निकाल्यो। तेस्रो भएको एपिएफले १ लाख २५ हजार रुपैयाँ गरेको छ।

महिलातर्फको उपाधिका लागि भने शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल भलिवल संघले जनाएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, चैत ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्