Kathmandu Press

फिफा विश्वकप-२०२६ र एसियन कप छनौट : नेपालले आज  बहराइनसँग खेल्दै

तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल  बहराइनमा खेल्ने भएको हो ।
फिफा विश्वकप-२०२६ र एसियन कप छनौट : नेपालले आज  बहराइनसँग खेल्दै

काठमाडौं, चैत ८ : नेपालले फिफा विश्वकप २०२६ छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज  बहराइनसँग खेल्दैछ । 

यसअघि नेपालले बहराइनसँगको होम खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल  बहराइनमा खेल्ने भएको हो ।

Hardik ivf

सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।

यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, चैत ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्