Kathmandu Press

प्रधानमन्त्री दाहालसँग आइसिसी अध्यक्ष जर्ज बार्क्लेकाे शिष्टाचार भेटवार्ता

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री दाहालसँग आइसिसी अध्यक्ष जर्ज बार्क्लेकाे शिष्टाचार भेटवार्ता

काठमाडाैं, चैत ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए।

Hardik ivf

नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको उहाले बताए। उनले सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले तयारी गरिरहेको भन्दै आइसीसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेको धारणा राखे।

भेटमा क्रममा अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए।भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।  

प्रकाशित मिति: १६:१० बजे, बुधबार, चैत ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्