Kathmandu Press

बागलुङका शिक्षासेवी आचार्यको निधन 

बागलुङको जैमिनी नगरपालिका–१ टारमा जन्मिएका आचार्यले गाउँमा स्कुल खोलेर शैक्षिक जागरण ल्याउन योगदान गरेका थिए।
बागलुङका शिक्षासेवी आचार्यको निधन 

काठमाडौं, चैत ७ : बागलुङका शिक्षासेवी आचार्य प्रधुम्न आर्चाको निधन भएको छ। आचार्यको मंगलबार साँझ निधन भएको हो। 

बागलुङको जैमिनी नगरपालिका–१ टारमा जन्मिएका आचार्यले गाउँमा स्कुल खोलेर शैक्षिक जागरण ल्याउन योगदान गरेका थिए। उनले जैमिनी नगरपालिकाको कुश्मि शेरामा २०१८ सालमा स्कुल खोलेर शिक्षा र चेतनाको विकास गरेका थिए।

Hardik ivf

१९९५ सालमा जन्मेर भारतको बनारसमा शिक्षा आर्जन गरेका आचार्यले आफैले स्थापना गरेको स्कुल शान्ति माध्यामिक विद्यालय– कुश्मीसेरामा अध्यापकका रुपमा शिक्षाको चेतना फैलाए। उनले २०१९ सालदेखि झण्डै ४० वर्ष शिक्षकका रुपमा शिक्षा सेवामा बिताएका थिए। 

अवकाश जीवनपछि पनि आचार्य कृषी बाली, फलफुल एवम् तरकारी खेतीमा किसानका लागि प्रेरणाको स्रोत थिए। अग्रज गुरु एवम् शिक्षा सेवी रहेका कारण आचार्यलाई बागलुङमा ‘प्रद्युम्न गुरु’ का रुपमा चिन्छन्। साथै उनी पुरानो जमानाका सिद्धहस्त फोटोग्राफरका रुपमा समेत चिनिन्छन्।

शिक्षा सेवासँगै २०२१ सालदेखि फोटोग्राफरका रुपमा काम गरेका थिए। आचार्यको ८६ वर्षको उमेरमा निधन भएको हो। उनका श्रीमती र चार छोरा छन्। स्वर्गिय आचार्यको बुधबार जैमिनी घाटस्थित कालिगण्डकी नदीमा दाहासंस्कार गरिएको छ। 
 

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्