Kathmandu Press

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

काठमाडौं, चैत्र ७ : एनसेलले आफ्नाे प्रिपेड ग्राहकलाई लक्षित गर्दै सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा प्रदान गरेको छ। एनसेलले करसहित १२ रुपैयाँ ७७ पैसामा....

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

काठमाडौं, चैत्र ७ : एनसेलले आफ्नाे प्रिपेड ग्राहकलाई लक्षित गर्दै सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा प्रदान गरेको छ। एनसेलले करसहित १२ रुपैयाँ ७७ पैसामा भ्वाइस र एसएमएस सेवा बन्डलिङसहितको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको हो। 

यो प्याकमार्फत ग्राहकले चार सय ८० मिनेट टकटाईमका साथै चार सय ८० वटा एसएमएस प्रयोग गर्न सक्नेछन्।

बिहीबार (चैत ६) देखि लागु गरिएको यो योजना ९० दिनको लागि ल्याइएको हो। एनसेलको यो प्याकमार्फत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे भित्र प्रयोग गर्न सकिनेछ। यसको समयावधि २४ घण्टाको रहेको छ।

ग्राहकले यो सेवा लिन *१७११८*३*२# वा  *१७११८# डायल गरी अंक ३ छनोट गर्नुपर्नेछ।

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्