Kathmandu Press

भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्‍यो।
भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

काठमाडौँ, चैत ६ : आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्‍यो। आर्मीले कर्णालीमाथि २५-१६,२५-२३ र २५-७ को जित निकाल्यो।

जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अङ्क जोडेको छ। हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३(१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख, उपविजेताले  रु दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन्। 

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, चैत ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्