Kathmandu Press

गायक दीपक ब्रजाचार्य ब्याण्डसहित क्वारेनटाइनमा

काठमाडौं, चैत ७ : गायक दीपक बज्राचार्यको ब्याण्डका सदस्यहरू क्वारेन्टाइनमा बसेका छन्। अस्ट्रेलियाको मेलवर्नबाट मलेसिया हुँदै बिहीबार फर्किएको टोली क्व....

गायक दीपक ब्रजाचार्य ब्याण्डसहित क्वारेनटाइनमा

काठमाडौं, चैत ७ : गायक दीपक बज्राचार्यको ब्याण्डका सदस्यहरू क्वारेन्टाइनमा बसेका छन्। अस्ट्रेलियाको मेलवर्नबाट मलेसिया हुँदै बिहीबार फर्किएको टोली क्वारेन्टाइनमा बसेका हो।

कारोना भाइरस संक्रमणको जोखिम भएकोले क्वारेनटाइन बस्नु नै सुरक्षित उपाय ठानी टोलीनै क्वारेन्टाइनमा बसेको तस्बिर उनले फेसबुकमा शेयर गरेका छन्। 

उनले फेसबुकमा लेख्दै भनेका छन ‘हामीहरु नेपाल सरकारको निर्देशनलाई पालना गर्दै परिवार र आफन्त भन्दा टाढा क्वारेनटाइनमा बसेका छौं, तपाईहरु पनि कोरोनाको संक्रमणको जोखिमबाट सुरक्षित भएर बस्नुहोला।’ 

सांगितिक कार्यक्रमको लागि फागुनदेखि नै अस्ट्रेलियामा रहेका उनीहरुको कार्यक्रमको मिति कोरोना भाइरसको कारण सरेपछि नेपाल फर्किएका हुन । 

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्