Kathmandu Press

राष्ट्रिय भलिबल प्रतियोगिता : महिलातर्फ पुलिस विजयी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।
राष्ट्रिय भलिबल प्रतियोगिता : महिलातर्फ पुलिस विजयी

काठमाडौं, चैत ४ : नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै  आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। पुलिसले कर्णालीमाथि पहिलो सेट २५-१२ ले जित्यो भने खेलको दोस्रो सेट २५-७ तथा तेस्रो सेट २५-८ ले आफ्नो पक्षमा पार्‍यो। 

त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३-० को सोझो सेट पराजित गरेको छ। एपिएफले मधेसलाई २५-८, २५-७ र २५-२ ले पराजित गर्‍यो। 

उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन्। त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्