Kathmandu Press

सुरु भयो होली [फोटोफिचर]

चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ।
सुरु भयो होली [फोटोफिचर]
Hardik ivfHardik ivf

काठमाडौं, चैत ४ : रंगहरुको पर्व अर्थात् होली आजदेखि विधिवत् रुपमा सुरु भएको छ।

फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएसँगै होली सुरु भएको हो।

फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ।

IMG_9184-1710654118.jpg

विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चीर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिए।

चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ।

IMG_8982-1710654116.jpg

आइतबार बिहान बसन्तपुरको हनुमानढोका अगाडि शुभसाइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो।

काठमाडौं उपत्यकालगायत पहाडी भेगमा चैत ११ र तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते होली मनाइने छ।

IMG_8945-1710654116.jpg

IMG_8887-1710654116.jpg

IMG_9032-1710654115.jpg

IMG_8952-1710654116.jpg

_MG_3199-1710654117.jpg

_MG_3252-1710654117.jpg

IMG_9099-1710654119.jpg

IMG_9116(1)-1710654119.jpg

IMG_9053-1710654120.jpg

IMG_8996-1710654115.jpg

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्