Kathmandu Press

रणवीरको ‘८३’ पनि कोरोनाको चपेटामा

काठमाडौं, चैत ७ : बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘८३’ पनि कोरोना भाइरसको चपेटामा परेको छ।

फिल्म ‘८३’ सन १९९३ मा वे....

रणवीरको ‘८३’ पनि कोरोनाको चपेटामा

काठमाडौं, चैत ७ : बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘८३’ पनि कोरोना भाइरसको चपेटामा परेको छ।

फिल्म ‘८३’ सन १९९३ मा वेस्ट इन्डिजविरुद्ध भारतले निकालेको जितका विषयमा केन्द्रित रहेर बनेको फिल्म हो। यसको निर्देशन कबीर खानले गरेका छन्।

यो फिल्ममा रणवीर सिंह मूख्य भूमिकामा छन्। उनले भारतीय क्रिकेट टिमका पूर्वक्याप्टन कपिल देवको भूमिका निभाउँदै छन्।

यो फिल्ममा पनि कोरोना भाइरसको चपेटमा परेको छ। अब यसको रिलिज मिति स्थगित गरिएको छ। निर्माताले यसको रिलिज मिति सार्ने निर्णय गरेको जनाएका छन्।

त्यस्तै, रणवीरले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन्। ‘यो हाम्रो मात्रै फिल्म होइन, देशकै फिल्म हो। तैपनि देशको स्वास्थ्य र सुरक्षा प्राथमिकतामा आउँछ,’ उनले लेखेका छन्, ‘सबै सुरक्षित रहनुहोला, आफ्नो ख्याल राख्नुहोला। हामी छिट्टै आउनेछौं।’

यस फिल्ममा रणवीरसँगै सकि अलीम, आर बद्री, हार्डी सन्धु, चिराग पाटिल, पंकज त्रिपाठी, अम्मी विर्क र साहिल खट्टरको पनि अभिनय रहेको छ।

 

 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्