Kathmandu Press

विदेशको कमाइले स्वदेशमा कागती खेती

दाङ, चैत ७ : तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन्। रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्....

विदेशको कमाइले स्वदेशमा कागती खेती

दाङ, चैत ७ : तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन्। रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन्। वार्षिक ५० हजार रुपैयाँका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गरेका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन्। कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन्।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ। हालसालै १५ क्विन्टल कागती प्रतिकेजी १२० रुपैयाँका दरले बिक्री गरेको खड्का बताउँछन्। चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उनका ग्राहक हुन्। गाउँघरमै सानोलाई १० र ठूलोलाई १५ रुपैयाँ प्रतिगोटाका दरले कागती बिक्री भइरहेको खड्का बताछन्। घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार/पाँच  कामदार लगाउनुपरेको उनले बताए।

रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेका हुन्। ६ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर ७५ लाख रुपैयाँ लगानी गरेर व्यवसाय शुरु गरिएको बताउँछन्।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि काम नै रोजेको उनी बताउँछन्। 'नेपाली बजारमा सधैँ प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ', खड्काले भने। कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पालेका छन्।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्