Kathmandu Press

इटालीमा २ हजार बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

काठमाडौं, चैत्र ७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको सं....

इटालीमा २ हजार बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित
Hardik ivf

काठमाडौं, चैत्र ७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

यसरी संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा पुगेको छ । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्