भारतलाई हराउँदै बंगलादेशले जित्यो यू–१६ महिला साफ
आइतबार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ३–२ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।काठमाडाैं, फागुन २७ : यू–१६ महिला साफ च्याम्पियसिपको उपाधि बंगलादेशले जितेको छ। आइतबार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ३–२ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।
बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा बंगलादेशकी गोलकिपर इयरजान बेगमले उत्कृष्ट बचाउ गर्दै टिमलाई च्याम्पियन बनाइन्।
त्यसअघि खेलमा अग्रता भने भारतले लियो। चौथों मिनेटमा अनुष्का कुमारीले भारतलाई अग्रता दिलाइन्। तर, ७०औं मिनेटमा मरिम हन्नाले बंगलादेशका लागि बराबरी गोल फर्काइन्।
प्रकाशित मिति: १९:५८ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१