Kathmandu Press

हुवेइमा पहिलो पटक कोरोनाको नयाँ संक्रमण देखिएन

काठमाडौं, चैत ६ : कोरोना भाइरसको महामारी सुरू भएपछि बिहीबार पहिलो पटक चीनको हुवाईमा नयाँ संक्रमण देखिएको छैन।

चीनमा ३४ वटा नयाँ संक्रमण देखि....

हुवेइमा पहिलो पटक कोरोनाको नयाँ संक्रमण देखिएन

काठमाडौं, चैत ६ : कोरोना भाइरसको महामारी सुरू भएपछि बिहीबार पहिलो पटक चीनको हुवाईमा नयाँ संक्रमण देखिएको छैन।

चीनमा ३४ वटा नयाँ संक्रमण देखिएका भएका छन भने आठ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गमस्थल हुवेई प्रान्तमा भने पहिलो पटक एउटा पनि नयाँ केश दर्ता नभएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा अहिलेसम्म मृत्यु हुनेको संख्या आठमा झरेको छ भने सबै गरेर तीन हजार दुई सय ४५ जना ज्यान गएको छ।

तत्थ्यांकअनुसार, चीनमा मात्र ८० हजार नौ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ७० हजार चार सय २० जना निको भइसकेका छन्।

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्