कोरोनाको त्रासबाट बच्न परिवारसँग रमाउँदै बलिउड कलाकार
काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमण बढेपछि कतिपय बलिउड कलाकार ‘सेल्फ आइसोलेसन’मा बसेका छन भने कतिपय घरमै।
केही बलिउड कलाकार....

काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमण बढेपछि कतिपय बलिउड कलाकार ‘सेल्फ आइसोलेसन’मा बसेका छन भने कतिपय घरमै।
केही बलिउड कलाकारले घरमै आइसोलेसनमा बस्न थालेका तस्बिर सार्वजनिक गरेका छन्। घरमै कसरी आइसोलेसनमा बस्ने अभ्यास गर्न सजिलो होस भनेर तस्बिर सार्वजनिक गरिरहेको जनाएका छन्।
केही बलिउड कलाकार भने कोरोना भाइरसको त्रासबाट जोगिन परिवारसँग समय बिताइरहेका छन्। अक्षय कुमार परिवारसँग रमाइरहेको तस्बिर सार्वजनिक भएको छ।
उनकी पत्नी ट्विंकल खन्नाले यस्तो त्रासमा आफूलाई कसरी धैर्यवान बनाउन सकिन्छ भनी सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले यस्तो अवस्थामा भाइरसबारे चिन्ता लिनुहुँदैन। यदि हामीले हाम्रो व्यवहारमा परिवर्तन ल्यायौ भने यसलाई भगाउने सुरक्षित उपाय बन्न सक्छ।’
अक्षय कुमार र ट्विंकल खन्ना मात्रै होइन अन्य कलाकार पनि परिवारसँग समय बिताइरहेका छन्। प्रियांका चोपडा, मलायका आरोडा, करिना कपूर, सैफ अली खान, सनी लियोनीलगायतका कलाकार पनि घरमै परिवारसँग समय बिताइरहेका छन्।












