वर्षाका कारण रद्द भयो नेपाल र हङकङबीचको खेल
मिसन रोड ग्राउन्डमा भएको खेल पहिलो इनिङको ८ ओभरमा मात्र सम्भव भएको थियो। त्यसअघि ५ ओभरको सकिएपछि पनि खेल वर्षाका कारण केहीबेर रोकिएको थियो।
काठमाडाैं, फागुन २७ : त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गतको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।
मिसन रोड ग्राउन्डमा भएको खेल पहिलो इनिङको ८ ओभरमा मात्र सम्भव भएको थियो। त्यसअघि ५ ओभरको सकिएपछि पनि खेल वर्षाका कारण केहीबेर रोकिएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले वर्षाले खेल रोकिँदा ८ ओरभको समाप्तिमा २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।
उसका अंशुमन रथले २४ बलमा ३४ रन बनाउँदा कप्तान निजकान्त खानले २० बलमा २५ रन बनाए। नेपालका करण केसी र गुल्सन झाले समान १ विकेट लिए।
सिरिज अन्तर्गत मंगलबार नेपाल र पपुवा न्युगिनीबीच खेल हुनेछ।
प्रकाशित मिति: १४:३३ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












